शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कामोत्तेजक हुन्छन् पलासको फूल, तौल पनि घट्छ

बुधबार, ०२ चैत २०७८, १६ : ४१
बुधबार, ०२ चैत २०७८

पिसाब फेर्न गाह्रो भइरहेको छ वा पिसाब संक्रमण अथवा पेटमा किटाणु हुँदा पलासको फूलको सेवन गर्दा असाध्यै प्रभावकारी हुन्छ । छालाको रोगबाट छुटकारा पाउन चाहनुहुन्छ भने पनि यो फूलको प्रयोग गरेर हेर्नुहोस् ।

गुणको भण्डारः

– कामोत्तेजक मानिएको छ ।

– जन्डिसमा फाइदाजनक ।

– पेटका किटाणु मार्छ ।

– झाडामा राहत दिन्छ ।

– तनावलाई कम गर्छ ।

शरीर चिलाउने, छालामा डाबर आउने, सुन्निनेजस्ता रोगबाट बच्नका लागि पलासको फूलको पानीबाट नुहाउन सल्लाह दिइन्छ । यो पानीको कुरा शास्त्रमा पनि गरिएको छ । यसलाई किंशुक जल भनिन्छ ।

किंशुक जल बनाउनका लागि पलासको फूललाई पानीमा डुबाएर वा हल्का उमालेर राख्नुहोस् । त्यसपछि यो पानीले नुहाउनुहोस् ।

आँखा पोल्दा पलासको चूर्णलाई महमा मिसाएर लगाउनुहोस् । फूललाई राम्रोसँग धोएर छायामा सुकाउनुहोस् । त्यसपछि त्यसको पाउडर बनाउनुहोस् ।

कपालका लागि उत्कृष्टः

– फूलको पेस्टलाई टाउकोमा लगाउँदा चाया हट्छ

– एलोपेसिया नामको कपालको रोगमा पनि यो असरदार हुन्छ ।

– कपालको रुखोपन हटाएर त्यसको चमक बढाउँछ ।

सुकेको फूललाई पानीमा भिजाएर राख्नुहोस् । गर्मी मौसममा दैनिक यो पानीले नुहाउनुहोस् । छालाको रोग हट्छ ।

यसको फूललाई उमाल्नुहोस् । यो पानीको एक एक कप बिहान– बेलुका पिउनुहोस् । फूलको पेस्ट बनाउनुहोस् । यसलाई तल्लो पेटमा लगाउनुहोस् । पिसाबको संक्रमणमा प्रभावकारी हुनेछ । रोकिएर आउने पिसाबको समस्या पनि हट्छ ।

फूल– पात दुबै राम्रोः

रक्त सञ्चारका लागि राम्रो छ ।

मधुमेह पनि नियन्त्रणमा राख्छ ।

कब्जियतको समस्या हट्छ ।

रक्तचाप नियन्त्रणमा रहन्छ ।

पेट फुल्दैन ।

पुरुषको अण्डकोष सुन्निएको छ भने यो फूललाई उमालेर बनाइएको पेस्ट लगाउँदा फाइदा हुनेछ । पेस्टलाई तल्लो पेटमा लगाएर आधा घण्टासम्म यत्तिकै राख्नुहोस् । सुकेपछि सादा पानीले धुनुहोस्, सुन्निएको कम हुनेछ ।

यसको पाउडरलाई मोहीसँग हरेक दुई घण्टापछि खाँदा झाडा रोकिन्छ । पाचन पनि सुध्रनेछ ।

यसको पाँच ग्राम पाउडर लिनुहोस् । यत्तिकै मात्रामा सख्खर लिनुहोस् । यसलाई डल्लो बनाएर बिहान बेलुका खाँदा गर्मीमा लू लाग्दैन । कपाल पनि झर्दैन ।

यसमा झाडा, मधुमेह, पेटको किटाणुलाई नष्ट गर्ने गुण हुन्छ । यो फूल खाँदा तौल पनि कम हुन्छ । यो फाइबरले भरपुर हुन्छ त्यसैले खासै भोक लाग्दैन ।

यसले तनावलाई कम गर्छ । यो कलेजोका लागि राम्रो हुनुका साथै उत्तेजनात्मक मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप