बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा होलीको उमङ्ग, तस्बिरमा हेरौं

बिहीबार, ०३ चैत २०७८, ११ : ४५
बिहीबार, ०३ चैत २०७८

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

अहिले काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षौल्लासका साथ सर्वसाधारणहरु होली (फागु) मनाइरहेका छन् । काठमाडौंको विशेषगरी वसन्तपुर, ठमेल लगायतका स्थानमा अहिले होली खेल्न सुरु भैसकेको छ । ती क्षेत्रमा विदेशी पर्यटकहरु पनि होली खेलेर खुसी साटिरहेका छन् । 

 रङको पर्व भनेर चिनिने यो पर्व तराई मधेसमा भने शुक्रबार मनाइन्छ । काठमाडौंमा होली मनाउँदा देखिएका केही तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप