पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना बिरामीको भर्ना बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको भर्ना प्रक्रिया बन्द गरेको छ । कोरोना संक्रमणदर अत्यन्तै न्यून रहेको भन्दै प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया बन्द गराएको हो ।
यो बीचमा कोही व्यक्तिहरू कोरोना संक्रमणको कारण अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आएमा संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथमा सम्पर्क गर्नुपर्नेछ । कोरोना संक्रमणदर उच्च भएमा पुनः उक्त सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय देशभर नै कोरोना संक्रमणदर कम हुँदै गएको छ । जसले गर्दा अन्य स्थानमा पनि कोरोना संक्रमितको उपचार गराउँदै आएका स्वास्थ्य संस्था तथा अस्पतालहरूले सेवा बन्द गराउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणदरको अवस्थालाई हेरेर अन्य नियमित सेवालाई प्रभावकारी बनाउन निर्देशन दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी जग्गा उपयोग प्रभावकारिता बढाउने गृहकार्यमा मन्त्रालय
-
किसमिसलाई रातभर दूधमा भिजाएर राख्नुहोस्, बिहान उठेर खाँदा धेरै फाइदा मिल्छ
-
सालको पातको दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी
-
साफ यू–२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
-
युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा
-
भ्यालेन्सियामाथि रियलको सहज जित