शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सातामा २८ सयले घट्यो सुनको मूल्य

शनिबार, ०५ चैत २०७८, १३ : २५
शनिबार, ०५ चैत २०७८

यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारदेखि हिजो (शुक्रबार) सम्ममा उक्त मूल्य घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ छ । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा २ हजार ८०० रुपैयाँले घटेर ९९ हजार ८०० रुपैयाँमा आइपुगेको छ । यसबीचमा तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार ८०० रुपैयाँले नै घटेर ९९ हजार ३०० रुपैयाँ छ ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३ सय ८५ रुपैयाँमा आइपुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप