एसिया कप क्रिकेट श्रीलंकामा हुने
शनिबार, ०५ चैत्र २०७८, १९ : ११

काठमाडौं । एसीसी एसिया कप क्रिकेट श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)को शनिबार बसेको बैठकले प्रतियोगिता श्रीलंकामा गर्नै निर्णय गरेको हो ।
टी–ट्वान्टी फर्म्याटमा आयोजना हुने प्रतियोगितामा टेस्ट राष्ट्र पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी ६ टिम सहभागी हुनेछन् । एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुनेछ । एसिया कपको छनोट प्रतियोगिता अगस्ट २० अगाडी हुने छ ।
यस्तै कतार क्रिकेटले पनि एसीसीको पूर्ण सदस्यता प्रदान पाउने भएको छ । एसीसीले कतारलाई पूर्ण सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नेपाल भने एसिया कपको दौडबाट बाहिरिएको छ । सन् २०२० मा थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजनमा मलेसिया र हङकङसँग पराजित भएको नेपाल चौथो स्थानमा रहेर बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ
-
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का
-
राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल
-
मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति
-
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन