बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समृद्ध प्रदेशका लागि शिक्षा अनिवार्य : मुख्यमन्त्री केसी

शनिबार, ०५ चैत २०७८, २१ : ३३
शनिबार, ०५ चैत २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई समृद्ध र आत्मनिर्भर प्रदेशको रूपमा विकास गर्नका लागि सबैभन्दा पहिले हरेक नागरिकलाई गुणस्तरीय शिक्षा अनिवार्य रहेकोले आफ्नो कार्यकालमा शिक्षालाई पहिलो प्राथमिकता राखेको बताएका छन् ।

शनिवार रोल्पाको त्रिवेणी  गाउँपालिका–३ लिवाङ्गस्थित  सरस्वती माध्यमिक विद्यालयको प्रथम वार्षिकोत्सवमा बोल्दै उनले शैक्षिक जागरण दिएर हरेक  मानिसको जीवन समृद्ध बनाउने दिशामा अगाडि बढेको बताउँदै त्यसलाई निरन्तरता दिइरहने बताएका हुन् ।

मुख्यमन्त्रीले रोल्पाको आफ्नो जन्मथलो रहेका गाउँपालिको विद्यालयमा बोल्दै विद्यालयलाई शैक्षिक र ज्ञान आर्जन गर्न सक्ने वातावरण निर्माण गर्न अनुरोध गर्दै त्यसका लागि प्रदेश सरकारले विद्यालयको भवन निर्माण, खेलकुद मैदान निर्माण, खानेपानी, शौचालय र आइटी शिक्षक लगायत समग्र शैक्षिक सुधार लगायतको विषयमा पूरा गरी दिने प्रतिबद्धतासमेत जनाए  ।

नेपालको राजनैतिक  परिवर्तनमा  रोल्पा र रोल्पालीले पुर्‍याउँदै आएको योगदानले नयाँ नेपाल र संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण  भएको स्मरण गर्दै यसरी नै रोल्पाको गौरव गाथालाई बचाई राख्नका लागि रोल्पा जिल्लाका विकास निर्माणलाई सन्तुलन मिलाएर अगाडि बढाउने उनले आश्वासन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप