शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर

आइतबार, ०६ चैत २०७८, १७ : ३९
आइतबार, ०६ चैत २०७८

नेपाल राष्ट्र बैंकले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारीमा प्रवक्ता समेत रहेका डा.गुणाकर भट्टलाई ल्याएको छ भने बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी देवकुमार ढकाललाई दिएको छ । 

यसअघि प्रवक्ता भट्ट बैंक सुपरिवेक्षण विभागमा रहेका थिए भने ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारीमा रहेका थिए ।  काम, कर्तव्य तथा जिम्मेवारीका हिसाबले निकै महत्वपूर्ण मानिएको नियमन विभागसँगै सुपरिवेक्षण विभाग निकै शक्तिशाली मानिन्छ । 

त्यस्तै हालैमात्र राष्ट्र बैंकले यसअघि कामू कार्यकारी निर्देशक रहेका विमलराज खनाललाई कार्यकारी निर्देशकमा पदोन्नति गरिएको समेत जनाएको छ । योसँगै खनाललाई गैर बैंकिङ सुपरिवेक्षण विभागको जिम्मेवारी समेत दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप