प्रधानमन्त्री प्रदेश १ का तीन जिल्लामा पुग्ने
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सोमबार मोरङलगायतका तीन जिल्लाको कार्यक्रममा सहभागी हुन प्रदेश १ आउने भएका छन् ।
प्रधानमन्त्री देउवाले मोरङको सुन्दर हरैंचा नगरपालिका नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्ने, सोही वडाको बुधबारेमा रहेको कृषि बजारको भवन शिलान्यास गर्ने तथा वडा नम्बर १ को सुन्दर हरैंचा नगर अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । जसका लागि देउवा हेलिकप्टर चढेर आउनेछन् । सुन्दरहरैंचाको कार्यक्रम सकेपछि प्रधानमन्त्री पाँचथर जाने र त्यसपछि खोटाङ जाने कार्यक्रम रहेको सुरक्षा स्रोतको भनाइ छ ।
नेपाली काँग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बूले भोलि सुन्दर हरैंचाको स्वास्थ्य केन्द्र भवन उद्घाटनका लागि प्रधानमन्त्री आउन लागेको आफूले जानकारी पाएको बताए । पार्टीको कुनै पनि कार्यक्रम नरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण