शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको पूर्वाधार विकासमा स्वीस सरकारको चासो

आइतबार, ०६ चैत २०७८, २० : १२
आइतबार, ०६ चैत २०७८

कर्णाली प्रदेशको पूर्वाधार विकासमा स्वीट्जरल्याण्ड सरकारका राजदूतले चासो व्यक्त गरेका छन् । कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासबारे उनले चासो राखेका हुन ।  

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत जोन हडाबीचको भेटमा क्याप्लरले कर्णालीको पूर्वाधार विकासमा विशेष चासो व्यक्त गरेका  हुन् । मोटरेवल स्थानीय सडक पुल कार्यक्रमको निर्देशन समितिको बैठकका अवसरमा स्वीस राजदूत र मुख्यमन्त्री शाही सहित भौतिक पूर्वाधार मन्त्री, मन्त्रालयका सचिव तथा पूर्वाधार विभागका प्रतिनिधिसँग छलफल भएको छ ।

स्वीस सरकारको प्राविधिक सहयोग कर्णालीमा लागु स्थानीय सडक पुल कार्यक्रमको चौथो चरणको योजना अन्तिम चरणमा छ । छलफलमा बोल्दै स्वीस राजदूत एलिजाबेथ भोन क्याप्लरले कर्णालीको पूर्वाधार विकास स्वीस सरकारको प्राथामिकतामा रहेको बताए । कर्णाली प्रदेश सरकारलाई लगानीमैत्री योजना तयार गर्न सुझाब दिँदै कर्णालीको पूर्वाधार विकासमा स्वीस सरकार थप आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको उनले बताए । स्वीस राजदूतले कर्णालीको पूर्वाधार विकास प्रति देखाएको चासोले विकट कर्णालीको पूर्वाधारले गती लिने आशा गरिएको छ । यता कर्णाली सरकारले प्राथमिकतामा आधारित लगानीमैत्री योजना तयार गर्न थालेको छ ।

भौतिक पूर्वाधारतर्फ सडक र पुल निर्माणको लागि प्रदेश सरकारले प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न लागेको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले बताए  । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विकासलाई तिब्रता दिन प्राथमिकतामा आधारित लगानी योजना महत्वपूर्ण रहेको बताए  । साथै उनले लगानीको चिन्ता नगरी विकास निर्माणका योजना कार्यान्वयनमा कर्मचारीलाई लापरवाही नगर्न निर्देशन निर्देशन दिए  ।

उनले भने,“लगानी योजनाबारे आइतबार स्वीटजरल्याण्ड सरकारका राजदूत संग छलफल भयो । कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार छ । लगानी गर्नुहोस् भन्यौ । कर्णालीको पूर्वाधार विकासलाई गती दिने आधार तय गर्ने बाटो खुलेको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप