मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतितोला ३०० बढ्यो सुनको मूल्य

सोमबार, ०७ चैत २०७८, ११ : ०२
सोमबार, ०७ चैत २०७८

आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो । आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो आइतबार पनि यही कायम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप