शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालोपयोगी सामान्यज्ञान : महापुराणका सङ्ख्या कति छन् ?

सोमबार, ०७ चैत २०७८, १२ : १०
सोमबार, ०७ चैत २०७८

 

१, प्राकृतिक ग्यास, खनिज तेल, कोइला कस्ता प्रकारका ऊर्जाका स्रोत हुन् ?

(क) नवीकरणीय (ख) अनवीकरणीय (ग) दुवै (घ) कुनै पनि होइन

२, यु–१९ विश्वकप क्रिकेट २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?

(क) भारत (ख) अष्ट्रेलिया (ग) बेलायत (घ) न्यूजील्याण्ड

३, घोडाघोडी ताल कुन जिल्लामा पर्छ ?

(क) कञ्चनपुर (ख) बाँके (ग) बर्दिया (घ) कैलाली

४, विश्वमा भूकम्पीय जोखिमका हिसावले नेपाल कति औँ स्थानमा पर्छ ?

(क) नवौँ (ख) दसौँ (ग) एघारौँ (घ) बाह्रौँ

५, साहसिक महिला पुरस्कार २०२२ बाट सम्मानित हुने सामाजिक अभियन्ताको नाम के हो ?

(क) भूमिका श्रेष्ठ (ख) मुना श्रेष्ठ (ग) मन्जुश्री प्रधान (घ) सुलोचना मानन्धर 

६, महापुराणका सङ्ख्या कति छन् ?

(क) १७ (ख) १८ (ग) १९ (घ) २०

७, रामायण र महाभारतलाई के भनिन्छ ?

(क) पुराण (ख) इतिहास (ग) उपनिषद् (घ) वेद

८, दुई नम्बर प्रदेशलाई मधेश प्रदेश नाम कहिले राखिएको हो ?

(क) २०७८ साल माघ एक गते (ख) २०७८ साल माघ दुई गते (ग) २०७८ साल माघ तीन गते (घ) २०७८ साल माघ चार गते

९, नेपालमा सर्वप्रथम कुन वंशले शासन गरेका थिए ?

(क) गोपाल वंश (ख) महिषपाल वंश (ग) किराँत वंश (घ) लिच्छवि वंश 

१०, पाकिस्तानको राष्ट्रिय भाषा कुन हो ?

(क) पस्तुन (ख) हिब्रु (ग) उर्दू (घ) अरेबियन

११, मानव सेवा नै माधव सेवा हो भन्ने सन्त को हुन् ?

(क) सत्यसाइ बाबा (ख) गुरुनानक (ग) महावीर (घ) कवीर 

उत्तर

१–(ख), २–(क), ३–(घ), ४–(ग), ५–(क), ६–(ख), ७–(ख), ८–(ग), ९–(क), १०–(ग) ११–(क)

स्रोत विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप