शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तरलता अभावमा बैंकहरुले लगानी गर्न छाडे, ४ दिनमा ५ अर्ब झिकियो

सोमबार, ०७ चैत २०७८, १९ : ००
सोमबार, ०७ चैत २०७८

पछिल्लो हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पुनः ब्रेक लागेको छ । गत फागुन २७ गतेदेखि ३० गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ७ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेकोमा ३० गतेदेखि फागुन ४ गतेसम्ममा पुनः ५ अर्बले निक्षेप गुमेको हो ।

नेपाल बैंकर्स संघकाअनुसार फागुन ३० गतेदेखि चैत ४ गतेसम्ममा २७ वटा वाणिज्य बैंकहरुले ५ अर्बले निक्षेप गुमाउँदै कुल ४३ खर्ब २८ अर्ब रुपैयाँ मात्र संकलन गर्न सकेका छन् । यसको मतलब चार दिनमा नै निक्षेपकर्ताहरुले बैंकहरुबाट ५ अर्ब रुपैयाँ निक्षेप झिकेका छन् । 

लगानीयोग्य रकम (तरलता) कै अभावमा बैंकहरुले लगानीमा कडाई गर्दा यता समीक्षा अवधिमा कर्जा लगानी समेत घटेको छ ।  बैंकर्स संघकाअनुसार पछिल्लो चार दिनमा (फागुन ३० गतेदेखि चैत ४ गतेसम्म) २७ वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा लगानी घटाउँदै कुल ४१ खर्ब ६८ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् । यस्तो कर्जा अघिल्लो हप्ता एक अर्बले घटाउँदै बैंकहरुले कुल ४१ खर्ब ६९ अर्ब लगानी गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप