बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीजी उन्नती कल्चरल भिलेजमा ‘उन्नती मेला’ सम्पन्न

सोमबार, ०७ चैत २०७८, २३ : २३
सोमबार, ०७ चैत २०७८

                                                                                
नवलपुरको गैंडाकोट नगरपालिकास्थित सीजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको छ । कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगित, मगर र थारु नाच र स्थानीय कलाकारहरुको प्रस्तुतीहरुले उत्सवमय रौनक थपेका थिए । स्थानीय महिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरू प्रदर्शनमा राखिएको मेलामा कलाकारहरु, संस्कृति एवं कला प्रेमीलगायत उत्साही सर्वसाधारणहरुको जमघट थियो ।

उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संचालित छ । यो कला, संस्कृति, साहित्य र संगितको प्रवर्द्धनमा क्रियाशिल छ । उन्नतीले आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आगामी दिनमा सातवटै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

फागुन २८ गते गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले मेलाको उद्घाटन गरेका थिए । सो क्रममा उनले कला, संस्कृती र साहित्यलाई उद्यमशीलता र रोजगारीसंग जोड्नुपर्ने आवश्यकता औँल्याएका थिए । 

चौधरी फाउण्डेसनकी निर्देशक सुरभी चौधरीले भिलेजको उदेश्य अनुरुप सातै प्रदेशमा नमुना सांस्कृतिक घर निकट भविष्यमा नै निर्माण गरिने बताइन् । सो अवसरमा सिटिईभिटिका प्रमुख प्रमोद आचार्यले साना उद्यमी र व्यवसायी उत्पादन गर्नकालागि आफ्नो संस्थाले चौधरी फाउण्डेसनसंग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, वरिष्ठ कलाकार गोपाल कलाप्रेमीलगायतको उपस्थिति थियो । चौधरी फाउण्डेसनका प्रबन्ध निर्देशक राहुल चौधरीले आगामी दिनमा फाउण्डेसनले यस्ता कार्यक्रम जारी राख्ने बताए ।

मेलाका अवसरमा चौधरी फाउण्डेसन र भिक्कु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभकाबीच स्थानीय कला, संस्कृत र सिपको विकास गर्दै स्थानीयको स्तर उन्नती गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मेलामा करियर कार्यशाला र आर्ट कार्यशालाको पनि आयोजना गरिएको थियो ।  सोही अवसरमा भविष्यमा कला प्रदर्शनीलगायतका विभिन्न कार्यक्रम आयोजना गर्नकालागि निर्माण गरिएको ‘कला दिर्घ’को उद्घाटन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप