शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तराई ठगी खाने भाँडो भयो : ओली

मङ्गलबार, ०८ चैत २०७८, २२ : ००
मङ्गलबार, ०८ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई ठगी खाने भाँडो भएको आरोप लगाएका छन् । मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने काम गरेको बताए ।

उनले भने, ‘द्वन्द्व उद्योग स्थापना गरियो नेपालमा, त्यसलाई एमालेले प्रतिवाद गर्‍यो ।’ सिङ्गो देश हाम्रो हो, हामीले हाम्रो देशको उन्नति गर्न पाउनुपर्छ भन्ने एमालेको मान्यता रहेको उनको भनाइ छ । उनले देशमा काम गर्ने मान्छे नपाएको अवस्थामा युवाहरु विदेशिएको भन्दै युवालाई स्वदेशमै बस्न आग्रह गरे । ‘विदेश जान होइन, देशकै विकासको काम गर्न युवालाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘स्वदेशमै बसौं, स्वदेशकै विकास गरौं । स्वदेशलाई नै समृद्ध बनाऔं । अब विदेश नजाऔँ ।’ तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको उनले बताए । शिक्षा, स्वास्थ्य, बाटो लगायतका विषयमा आफूले प्रशस्त काम गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप