बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विगतका तीता कुरा बिर्सन्छौं, त्रुटि सच्याउँछौं : कमल थापा

मङ्गलबार, ०८ चैत २०७८, १७ : २७
मङ्गलबार, ०८ चैत २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तीता कुरा बिर्सने र त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताएका छन् । आज जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल सँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको बताउदै आफू पार्टी उठाउन दिनरात मेहनत  गर्न तयार भएको समेत बताए । 

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने तर्फ चिन्ता ब्यक्त गर्दै थापाले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे । राप्रपा नेपाललाई काँग्रेस कम्युनिस्टको विकल्पको रुपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सवै अलमलिएको आरोप लगाए । 

बैठकमा पार्टीका महामन्त्री त्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण ,सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो-आफ्नो  प्रस्तुति दिएका थिए । बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवं केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको थियो । बाँकी जिल्ला अध्यक्षहरूको बैठक चाँढै नै गरिने राप्रपा सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप