बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ओपोले सार्वजनिक गर्‍यो ‘ओपो ए७६’

मङ्गलबार, ०८ चैत २०७८, २१ : ३४
मङ्गलबार, ०८ चैत २०७८

ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ । ओपो ए७६ ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तरता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन सार्वजनिक गरेको हो ।

ओपो ए७६मा ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिष्कृत गरिएको छ भने ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध छ । यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।

ओपो ए७६को ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज तथा आरामदायी रहेको कम्पनीको भनाइ छ । ग्लोइङ्ग ब्ल्यू (नीलो) र ग्लोइङ्ग ब्ल्याक (कालो) गरी दुई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ ।

ओपो ए७६मा ८९।९५ स्क्रिन–टू–बडी रेसियो र पञ्च होल डिस्प्ले डिजाइन सहितको ६.५६ इञ्चको एचडी डिस्प्लेको प्रयोग गरिएको छ । भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्न यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप