माओवादीको गण्डकी कार्यसमिति चार महिनापछि पूर्ण, मतदानबाट टुंगियो पद
माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुङ्ग्याएका हुन् ।
सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको माओवादीले जनाएको छ । २७ मंसिरमा सम्पन्न अधिवेशनले गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेको थियो । मतपरिणामअनुसार उपाध्यक्षमा मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत) र ज्ञामनाथ गैह्रे (बागलुङ) निर्वाचित भएका छन् । उपाध्यक्षमा ६ जना दाबेदार थिए । बस्यालले १२०, गैह्रेले ९३ र शर्माले ९० मत पाए । सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन् । उनले गोरखाकै विष्णु भट्टलाई पराजित गरे । खनालले एक सय र भट्टले ७४ मत पाए ।
सहसचिवमा मेखबहादुर भण्डारी (लमजुङ), अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) र टेकबहादुर विक (म्याग्दी) निर्वाचित भएका छन् । ६ जनाबीच भएको प्रतिस्पर्धामा न्यौपाने ११३, विक १०८ र भण्डारी १०४ मत ल्याउँदै विजयी भएका हुन् । कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् । उनले ११० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कास्कीका मेखबहादुर विकले ३२ र कास्कीकै भीमबहादुर विकले २३ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहितको मुद्दामा आज सुनुवाइ
-
गाजाका जनतालाई दिएको समर्थनबारे मलाला यूसुफजाइको स्पष्टीकरण