मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा पछिल्लो दुई दिनमा कोरोनाबाट मृत्यु हुनेकाे  सङ्ख्या शुन्य

बिहीबार, १० चैत २०७८, १९ : ३८
बिहीबार, १० चैत २०७८

पाकिस्तानमा पछिल्लो दुई दिनमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको सङ्ख्या शून्यमा झरेको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार गत मङ्गलबार र बुधबार पाकिस्तानमा कोरोनाभाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन । 

कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुने क्रम भने नरोकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २१० जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १५ लाख २३ हजार ७२ पुगेको छ । 

दक्षिण एसियाली मुलुक पाकिस्तानले कोरोना भाइरस विरुद्धको लडाइमा सन्तोषजनक सफलता हासिल गरेको छ । पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या भने १८० रहेको अधिकारीहरूले जनाएका छन् । 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या भने बढेको देखिएको छ । पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म ३० हजार ३३३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप