उपचारका लागि आज चीन जाँदै माओवादी नेता पुन
माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।
जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो ।
स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए । स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् । स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने भए पनि पुनको शरीरमा उक्त मात्रा अत्याधिक छ । पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माटोको परीक्षण अनिवार्य गराउनु पर्नेमा जोड
-
आफ्नो निर्णयमाथि पुनर्विचार गर्न सरकारलाई क्रिकेटर रासिद खानको सुझाव
-
सबै विवरण छातीमा टाँसेर अभियुक्त सार्वजनिक गर्नु कानुनसम्मत होइन
-
गोटाकै १ लाख डलर पुग्यो बिट्क्वाइनको भाउ
-
वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि
-
गोपनीयताको हक प्रहरीद्वारा अनुसन्धानकै क्रममा उल्लंघन