श्रद्धा कपुरले रोहन श्रेष्ठसँगको ब्रेकअपको हल्लामा दिइन् प्रतिक्रिया
शुक्रबार, ११ चैत २०७८, १२ : ३८
बलिउड नायिका श्रद्धा कपुर र रोहन श्रेष्ठ छुट्टिएको अफवाह शुक्रबार बिहानैदेखि चलिरहेको छ । यसैबीच श्रद्धाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन् । आफ्नो फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘थप सुनाऊ ???’ । श्रद्धाका भाइले उनको पोस्टमा लेखका छन्, ‘मिस यू माई लिडल रानी ।’ यद्यपि। श्रद्धा र रोहनले कहिल्यै पनि आफ्नो सम्बन्ध स्वीकारेका छैनन् तर उनीहरुको विवाहको अफवाह पनि उडि नै रहन्छ ।
श्रद्धाको जन्मदिनको पार्टीमा थिएनन् रोहनः
श्रद्धा कपुर र रोहन श्रेष्ठ, पछिल्लो चार वर्षदेखि सम्बन्धमा भएको बताइन्छ । तर भारतीय मिडिया रिपोर्ट अनुसार रोहन यस वर्ष गोवामा श्रद्धाको जन्मदिनको पार्टीमा समावेश भएका थिएनन् । यी दुई फेब्रुअरीमा अलग्गिएको बताइन्छ ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ