बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शाओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला

शनिबार, १२ चैत २०७८, ०९ : ४०
शनिबार, १२ चैत २०७८

शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि-बुकिङ खुल्ला भएको छ । प्रि-बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ ।

प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरूले यो फोन किन्दा रु. ५ हजारको क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जिबिमा रु.१,१४,९९९ /- मा उपलब्ध छ ।

यो फोनको विशेषता मध्ये एउटा भनेको यो सबैभन्दा छिटो चार्ज हुन्छ । यसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ । शाओमी १२ प्रो मा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । 

८ जेन वान स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सलको मेन क्यामेरा र ५० मेगापिक्सलको टेलिफोटोका साथै ५० मेगापिक्सलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ । तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ । सेल्फीको लागि यसमा ३२ एमपीको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् । यसको मार्च ३० देखि बिक्री सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप