एनआरएनए महाधिवेशन

एनआरएनएको दशौँ महाधिवेशन काठमाडौँमा सुरु

person explore access_timeचैत १२, २०७८ chat_bubble_outline0

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे ।


सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा.उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्।  दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा‍‍. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्। संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।