एनआरएनएमा अब ३ जना अध्यक्ष
शनिबार, १२ चैत २०७८, २२ : ०४
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो ।
शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ । अब रविना थापा, कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।
नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डा.हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा