शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको १८ वर्षे इतिहासमा रविना पहिलो महिला अध्यक्ष

शनिबार, १२ चैत २०७८, १३ : ४०
शनिबार, १२ चैत २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १८ वर्षे इतिहासमा रविना थापा पहिलो महिला अध्यक्ष बन्ने निश्चित भएको छ । एनआरएनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । जसमा महिला अध्यक्ष रविना थापासहित कुल आचार्य र बद्री केसी अध्यक्ष बन्ने भएका छन् ।

शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न जना जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप