शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमिर खानले बलिउड छोड्ने निर्णय आखिर किन गरेका थिए, बताए कारण

आइतबार, १३ चैत २०७८, १५ : ३३
आइतबार, १३ चैत २०७८

अभिनेता आमिर खानले केही वर्ष अघि फिल्ममा काम नगर्ने निर्णय लिएका थिए । उनले कुनै फिल्ममा अभिनय नगर्ने र फिल्म पनि निर्माण नगर्ने निश्चित गरेका थिए ।

अभिनेताले यो कुरा एक भारतीय समाचार च्यानलको कार्यक्रममा गरेका थिए ।

आमिर खानका अनुसार उनले बलिउड छोड्ने निर्णय यसकारण सोचे किनभने उनलाई यो महसुस भयो कि उनले आफ्नो सबै ऊर्जा आफ्नो काममा लगाइरहेको थिए र आफ्नो परिवार, विशेषगरी आफ्नो बच्चासँग पर्याप्त समय बिताउन सकिरहेको थिएनन् । उनले भने, ‘जब म एक अभिनेता बनेँ तब मैले आफ्नो परिवारलाई हल्का रुपमा लिएँ । उनीहरु त मसँग सधैँ भइहाल्छन् नि, मैले त दर्शकको मन जित्नका लागि एउटा यात्रामा निस्किएको छु भन्ने लाग्थ्यो । ’

उनले भने, ‘तपाईं करियरको सुरुवातमा हुँदा तपाईंले असाध्यै धेरै काम गर्नुपर्छ तर मैले ३०–३५ वर्षदेखि यसरी नै काम गरिरहेको थिएँ, त्यसैले मैले आफ्नो परिवारलाई समय दिन सकिरहेको थिइनँ ।’

उनले भने, ‘म कतै न कतै स्वार्थी भइरहेको थिएँ । मैले आफ्नोबारे मात्रै त सोचिरहेको छैन भन्ने मलाई महसुस भयो । बच्चा र परिवारको जिम्मेवारी त्यो गहिराइले निभाउन पाइनँ जुन गहिराइमा मैले निभाउनु पर्दथ्यो । यो कुरा अब ५६–५७ वर्षको उमेरमा मात्रै मलाई भयो । तर यो पनि राम्रो हो यदि मलाई यो कुरा ८६ वर्षको उमेरमा थाहा भएको भए मैले केही गर्न सक्दिनथेँ । अहिले म यसलाई सुधार्न सक्छु । तर सबैभन्दा ठूलो समस्या यो हो कि मेरो बच्चाहरुलाई के चाहिन्छ भनेर मलाई थाहा नै छैन । जब मलाई यो कुराको महसुस भयो, मलाई असाध्यै रिस उठ्यो र सबैभन्दा बढी रिस सिनेमा सँगै नै उठ्यो  । यस्तोमा मैले फिल्ममा काम गर्न छोडिदिने निर्णय गरेको थिएँ ।’

यो कार्यक्रममा आमिर खानले यसबारे सार्वजनिक घोषणा नगर्नुको कारण पनि बताए । उनले भने, ‘मैले त्यस्तो गरेको भए यो मार्केटिङको एउटा तरिका हो कि भनेर मानिसलाई लाग्न सक्थ्यो ।’

आमिरले थपे, ‘अब म अभिनय गर्दिनँ भनेर मैले आफ्नो दर्शकलाई भन्नु पर्छ भन्ने पनि लागेको थियो । तरपछि फेरि लाग्यो कि यो मार्केटिङको कुनै स्किम त होइन भनेर मानिसहरुले सोच्लान् । लाल सिंह आइरहेकोले मैले अवकाशको कुरा निकालेको हो कि भन्ने मानिसहरुलाई भ्रम पर्ने हो कि भन्ने चिन्ता लाग्थ्यो ।’

बच्चा र किरणले मलाई सम्झाए : आमिर खान

आमिरको अनुसार जब उनको निर्णयबारे उनको परिवारलाई थाहा भयो तब उनलाई कसैले पनि केही भनेनन् तर पनि उनलाई बच्चा र किरण रावले सम्झाए । उनले भने, ‘‘तपाईं एक्सट्रिम हुनुहुन्छ, तपाईंले जीवनमा सन्तुलन कायम गर्नुपर्छ’ भनेर मलाई बच्चाले सम्झाए । किरणले मलाई ‘सिनेमा तपाईँभित्र बसेको छ’ भनेर सम्झाइन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप