बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसले पनि वैशाखीको सहारा खोज्ने अवस्था आयो : ओली

सोमबार, १४ चैत २०७८, १९ : ३०
सोमबार, १४ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले शक्तिबारे देखेर गठबन्धन दलहरू आत्तिएको दाबी गरेका छन् । एमालेको शक्ति एकपछि अर्को गर्दै वृद्धि भएको नेपाली काँग्रेस पनि थाहा पाएको  जिकिर गर्दै एमालेको शक्तिका बारेमा काँग्रेस सभापतिले नै प्रस्ट भनेको उनले बताएका हुन् ।

कपिलवस्तुमा आयोजित पार्टीको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली काँग्रेस अहिले वैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गरे । ओलीले अरू विचारै नभएका दलहरूको विषयमा धेरै कुरा गरेर समय फल्न आवश्यक नरहेको  जिकिर गर्दै कपिलवस्तु एमालेको लाल किल्ला भइसकेको जिकिर गरे ।

उनले भने, ‘अब धेरै जना एमालेमा आइसक्नुभयो, तीन महिना पहिले यस्तै उभार आएको थियो, आज उस्तै जनसागर छ । अब कोही छुट्नुभएको छ भने छिटो भित्राऔँ, ढिलाइ नगरौँ ।’ एमाले प्रवेश गर्नेहरूको देशव्यापी जनलहरले एमालेको शक्ति प्रस्ट भएको बताउँदै तराईमा विकास एमालेकै पालामा भएको बताए । उनले तराईको विकास र समृद्धि एमालेका अगुवाइ पूर्ण हुँदै गएको र केही पूरा हुने चरणमा रहेको बताए ।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल, हालै मात्र एमाले प्रवेश गरेकी नायिका करिश्मा मानन्धरलगायतले बोल्दै  एमालेमा जनलहर आएको बताएका थिए ।

कार्यक्रममा ओलीले प्रतिनिधि सभा सदस्य वृजेशकुमार गुप्ता र प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवलाई पार्टी प्रवेश गराएका थिए । कपिलबस्तु २ का सांसद गुप्ता र २ क का प्रदेश सांसद श्रीवास्तव ०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका थिए । त्यसअघि दुई जना तमलोपामा थिए ।

यसैबीच कपिलवस्तुबाट एमाले अध्यक्ष ओली साँझ रुपन्देही फर्कदैँछन् । मंगलबार तिलोत्तमाको शंकरनगर बनबाटीकाको भ्युटावरको उद्घाटन र दिउँसो मणिग्राममा आयोजित भूतपूर्व सैनिक प्रहरी संगठनको महाधिवेशनको उद्घाटन गर्ने तालिका रहेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप