शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुमोनाले छोडिन् कपिल शर्मा शो ? नयाँ शोको प्रोमोले गरिरहेको छ इशारा

मङ्गलबार, १५ चैत २०७८, ०७ : २०
मङ्गलबार, १५ चैत २०७८

कपिल शर्मा शोकी चर्चित पात्र मध्येकी एक सुमोना चक्रवर्तीले कपिल शर्मा शो छोडेकी हुन् कि भन्ने हल्ला चलेको छ । एक भारतीय सञ्चार माध्यमले यो कुरा बताएको छ ।

वास्तवमा सुमोनाको नयाँ शोको प्रोमो सार्वजनिक भएपछि उनले आफूले प्रस्तुती दिँदै आएको द कपिल शो छोडेकी हुन् कि भन्ने चर्चा चल्न थालेको हो । आफ्नो कमेडीमार्फत् मानिसलाई हसाउने सुमोना एक बंगाली शोमा देखिने भएकी छिन् ।

जिजेस्टको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सुमोना चटर्जीको नयाँ शोको प्रोमो सेयर गरिएको छ । जिजेस्टको आउँदो शोको नाम शोना बंगाल हो जसमा सुमोनालाई बंगालको सुन्दरता एक्सप्लोर गरिरहेको देख्न सकिन्छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Zee Zest (@zeezest)

शोना बंगाल मार्च ३० तारिखमा बुधबार राती ८ बजे जीजेस्टमा प्रशारण हुँदैछ । यहि प्रोमोलाई आधार मानेर नै उनले कपिल शर्मा शो छोडिसकेकी छिन् भन्ने खबर सार्वजनिक भएको हो । अहिलेसम्म यसबारे सुमोना र कपिल शर्माको तर्फबाट कुनै आधिकारिक बयान भने आइसकेको छैन । तर उनले एकैपटक दुईवटा प्रोजेक्टमा पनि काम गरेको पनि हुनसक्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप