बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रेरक भनाइ :  मानिस प्रकृतिको त्यस्तो उपहार हो, जहाँ अनन्त शक्ति लुकेको छ

मङ्गलबार, १५ चैत २०७८, १६ : १३
मङ्गलबार, १५ चैत २०७८

१, चाहे शासनसत्ताको कुरा गरौँ चाहे अरू नै कुनै काम लिङ्ग तथा वर्ण हेरेर भावना बनाउनुहुँदैन । अन्यथा सामाजिक वैमनस्यको स्थिति निम्तिन सक्छ । मात्र अवसर पाउनुपर्छ तोकिएको काम सम्पन्न गर्न सबै सक्षम छन्, गर्न सक्छन् । ल्पेटो

२, घृणा र तिरस्कारबाट बच्न चाहनेले कठोर बोली र वचन गरेर अरूको चित्त दुःखाउनुहुँदैन । हित र मनोहर कुरा नै किन नहोस् मीठो तरिकाले व्यक्त गर्ने बानी बसाउनुपर्छ । कन्फ्युसियस 

३, जुन कुरामा ध्यान केन्द्रित गरिएको हुन्छ त्यस्तै भइन्छ । दुःखमा ध्यान दिइयो भने दुःखै पाइन्छ । सुखमा ध्यान दिइयो भने सुखै पाइन्छ । ओशो

४, सार्वजनिक पद धारण गर्ने वा गर्न चाहने मानिसले आफूलाई पनि सार्वजनिक वस्तु नै ठान्नुपर्छ । होइन भने दम्भले स्थान पाउँछ, जसले कसैलाई पनि फाइदा गर्दैन । सबैभन्दा बढी नोक्सान उसैलाई हुन्छ, जसले त्यस्तो पद धारण गरेको छ । थोमस जेफर्सन

५, जसरी सफा छ भने पुरानो कपडा पनि राम्रो र तातो छ भने स्वाद विहीन खान पनि स्वादिलो लाग्छ त्यसैगरी सौन्दर्य र सम्पत्ति नभए पनि असल गुण भएको व्यक्ति सबैलाई प्रिय लागिरहेको हुन्छ । आचार्य चाणक्य

६, गाह्रो काम गर्नु छ भने त्यतिबेला गर्नुपर्छ जतिबेला सजिलो भएको हुन्छ । किनकि फलाम दुनिने भनेको तातेको बेलामै हो । त्यस्तै ठूलो काम गर्नु छ भने सानो भएको बेला गर्नुपर्छ । किनकि हजार माइलको यात्रा पनि पहिलो पाइलोबाटै सुरू हुन्छ । लाओत्से

७, सत्य सदैव सोझो र सरल हुन्छ । ऊ न कहिले मिचिन्छ, न बाङ्गिन्छ, न मर्छ । त्यसैले हमेशा सत्यको बाटो हिड्ने प्रयास गर्नुपर्छ । लक्ष्मीप्रसाद देवकोटा

८, संसारका सबैभन्दा असल र राम्रो वस्तुलाई न देख्न सकिन्छ, न छुन सकिन्छ । उसलाई त अन्तर्हृदयले अनुभव मात्र गर्न सकिन्छ । हेलेन केलर

९, देशको बारेमा निर्णय गर्दा द्विविधा भएमा एउटा हातमा मातृभूमिको एक मुठी माटो तथा अर्को हात छातीमा राखेर सोच्नुस् र मनले जे भन्छ त्यही गर्नुस् । वीपी कोइराला

१०, आफ्नो बनाउन त सम्पूर्ण खुवी लगाए पनि सकिन्न तर गुमाउन भने एउटा सानो गल्ती नै काफी भइरहेको हुन्छ । अज्ञात

११, कहिले पनि भाग्यको कुरा गरेर पन्छिन खोज्नुहुँदैन । यस्ता कुरा त्यस्ताले गर्छन् जसको मन कमजोर छ । मन बलियो हुनेहरू त आफ्नो भाग्य आफैँले बनाउने हो भनिरहेका हुन्छन् । त्यसैले आफूलाई कहिले पनि कमजोर नठान्नुस् । किनकि तपाईँ प्रकृतिको त्यस्तो उपहार हो, जहाँ अनन्त शक्ति छिपेको हुन्छ । स्वामी विवेकानन्द

स्रोत विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप