शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रिङ्गेजको भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकै पटक हजारौँ फोनमा एउटै सूचना दिन सकिने

बुधबार, १६ चैत २०७८, २० : ०५
बुधबार, १६ चैत २०७८

सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा आधारित नयाँ  सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा संचालित रहेको यो सेवाको नेपालमै पहिलो व्यावसायिक सुरुवात गरिएको रिङ्गेजका अध्यक्ष दिपेश रेग्मीले बताए ।

सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौँ फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रशारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ हो । प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिष्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रूपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई भ्वाइस एसएमएस पनि भनिन्छ ।

केही महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परीक्षण गरिएको रेग्मीले जानकारी दिए । महाधिवेशनमा उम्मेदवारले प्रतिनिधिहरूसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए ।

चुनावमा भोट माग्न मात्र नभई कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन् ।

‘यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरी वेब एप्लिकेसनमा अपलोड गरिन्छ । कुनै निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन्’ रेग्मीले भने, ‘यदि तत्काल फोन उठेन भने पनि सो नम्बरहरूमा पुनः सिस्टमले कल गर्छ । सोको प्रभावकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी छ’ उनले भने ।

कम्पनी स्थापनाको एक वर्ष करिब ५०० सेवाग्राहीहरूलाई सेवा दिएर सिस्टमको सफल परीक्षण गरिसकिएको रेग्मीले बताए । सबै किसिमका परीक्षणमा यो सेवा प्रभावकारी देखिए पछि भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक रूपमा सबै व्यक्ति तथा संस्थाको सेवाका लागि उपलब्ध गराइएको उनको भनाइ छ ।

यस्तो सुविधाका लागि हाल टेलिकमको शुल्क र कम्पनीको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैयाँ खर्च लाग्ने बताइएको छ । आगामी दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा सो अनुसार मूल्य समायोजन गरिने समेत रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप