शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा बसको ठक्करबाट दम्पतीको मृत्यु

बुधबार, १६ चैत २०७८, २१ : ४२
बुधबार, १६ चैत २०७८

चितवनमा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रत्ननगर नगरपालिका २ घर भएका ५५ वर्षीय निरन्जन श्रेष्ठ र उनकी ५० वर्षीय मिनतारा श्रेष्ठ छन् । 

बुधबार चितवनको रत्ननगर नगरपालिका ९ भानुचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले उनीहरु चढेको  बागमती प्रदेशको ०३–००२–१८९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु भएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका दम्पतीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको एसपी अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप