बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकसय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार, १७ चैत २०७८, १० : ४७
बिहीबार, १७ चैत २०७८

अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक सय रुपैयाँले बढ्दै ९८ हजार ९०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन अर्थात् बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

उस्तै आज तेजाबी सुनको मूल्य समेत एकसय रुपैयाँले नै बढ्दै ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  तर यता चाँदीको मूल्य भने आज बिहीबार पनि तोलामा १० रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि चाँदी तोलामा १० रुपैयाँले घट्दै एकहजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप