काँग्रेस गठबन्धनको विपक्षमा छैन, अप्ठ्यारोसँग भाग्दिनँ : देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको विपक्षमा नरहेको प्रस्ट पारेका छन् । बिहीबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेको भन्दै काँग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुइमत नरहेको बताएका हुन् ।
‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा कुनै दुई मत छैन’, देउवाको भनाइ छ । उनले काँग्रेस गठबन्धनको विपक्षमा कुनै हालतमा जान नसक्ने पनि बताए । ‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन’, देउवाले गठबन्धन अझ एकतावद्ध बनाएर लैजान प्रतिवद्ध रहेको दावी गरे ।
‘हामी अझ बढी एकतावद्ध भएर अघि बढ्छौ’, देउवाले भने, ‘अप्ठेराहरुलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो, अप्ठेरासँग भाग्ने त होइन नि !’, देउवाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४६ वर्षको उमेरमा बक्सिङ रिङमा फर्कँदैछन् फिलिपिन्सका पूर्व सांसद मानी
-
सरकारले टेरेन सर्वोच्चको आदेश
-
गगनसँग छलफलपछि देउवाले बोलाए शीर्ष नेताको बैठक
-
विद्या भण्डारीसँग चीन जान मन्त्री भण्डारीलाई स्वीकृति
-
वितरणमुखी भन्दा विकासमैत्री बजेट बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
अन्तरिक्षमा भेटियो अनौठो ब्याक्टेरिया