शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख ३ गते 'दरबारमार्ग महोत्सव', नेपाली खाद्यान्न र संस्कृति प्राथमिकतामा

बिहीबार, १७ चैत २०७८, १४ : २३
बिहीबार, १७ चैत २०७८

१५औं 'दरबारमार्ग महोत्सव' आगामी वैशाख ३ गते शनिबार आयोजना हुने भएको छ । महोत्सव आयोजना गर्न उद्योगी/व्यापारीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), दरबारमार्ग विकास बोर्ड, रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) र दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सहकार्य गरेका हुन् । गोरखा ब्रुअरीले सहप्रायोजन गरेको छ । 

दरबारमार्गको दक्षिणतर्फ महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालय गेटको ट्राफिक पोलसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा नेपाली स्थानीय उत्पादन, नेपाली खाना र नेपाली संस्कृति झल्कने प्रस्तुती हुने महासंघले जानकारी दिएको छ । वैशाख ३ गते विहान १० बजे सातै प्रदेशको संस्कृति झल्कनेगरी विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुती गर्ने महासंघको योजना छ । 

सांस्कृतिक झाँकी प्रदर्शन गरेपछि ११ः३० बजे महोत्सव औपचारिक शुभारम्भ गरिने जानकारी दिइएको छ । शुभारम्भ भएपछि महोत्सवमा दीपक बज्राचार्य, समृद्धि राई वीद व्याण्ड, सुवानी मोक्तान, सन्दीप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा, सृष्ट्रि केसी एण्ड ब्लाइन्ड रक्स, रुशान एण्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, राजनराज शिवाकोटी, मेलिना राई र भेकले प्रस्तुती दिनेछन् । प्रस्तुती बेलुकी ८ः१५ सम्म जारी रहनेछ ।

महोत्सवबारे एफएनसीसीआइले आज (बिहीबार) पत्रकार सम्मेलन नै गरेर जानकारी दिएको हो । अध्यक्ष शेखर गोल्छाले कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई दरबारमार्ग महोत्सवले राहत दिने तथा देशैभर निकै ठूलो सन्देश जाने दाबी गरेका छन् । महोत्सवसँगै देशको सामाजिक, आर्थिक र पर्यटन क्षेत्र उत्साहमय हुने अपेक्षा राखिएको उनको भनाइ छ ।

महोत्सवमा ६० स्टल राखिनेछ । ती मध्ये ३५ स्टलमा नेपाली परिकारसहितका खाना बिक्री गरिने महासंघले जनाएको छ । बालबालिकाका लागि छुट्टै किड जोन र शारिरिक क्षमता भिन्न भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकला पनि राखिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप