आगामी बजेट तथा कार्यक्रममा अर्थ मन्त्रालयले माग्यो सुझाव

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ । बजेट तर्जुमासम्बन्धी काम थालिसकेको मन्त्रालयले मागेअनुसार नागरिकस्तरबाट सुझाव प्राप्त भए र समेटिए ‘नागरिक बजेट’ सूचकमा नेपाल थप बलियो हुनेछ ।
बजेट तथा कार्यक्रमलाई बढी जनमुखी, प्रतिफलमुखी र कार्यान्वयनयोग्य बनाउन सुझाव माग गरिएको मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले जानकारी दिएको छ । यही लक्ष्यसाथ हाल सरोकारवालाहरुसँग छलफल एवम् परामर्श तथा सुझाव संकलन थालिएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उद्योगी, व्यवसायी, बुद्धिजीवि, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आमनागरिक एवम् बजेट तथा कार्यक्रममा सरोकार राख्ने सबैसँग लिखित वा मौखिक रूपमा सान्दर्भिक विषयवस्तुमा सुझाव माग गरेको हो । बजेट तथा कार्यक्रममाथि २०७८ चैत मसान्तभित्र आम नागरिकले सुझाव दिन सक्नेछन् ।
बजेटमा सुझाव दिन www.mof.gov.np मा रहेको budget suggestion tab इमेल ठेगाना [email protected] र टोल फ्रि या सर्ट कोड नम्बर ११३८ मा फोन गरी कार्यालय समयभित्र सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले यसअघि नै आगामी तीन वर्षको राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारण गरिसकेको छ । सोही सीमा बमोजिम राष्ट्रिय योजना आयोगले संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालयका लागि बजेट सीमा र तर्जुमा मार्गदर्शन पठाइसकेको छ । आगामी आर्थिक वर्षका लागि नेपाल सरकार (संघ) का लागि १७ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको दुर्गौलिया नाकामा कार्यरत सई ३० हजार घुससहित पक्राउ
-
ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर पक्षका यादवको प्यानल विजयी
-
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)
-
‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन