प्रधानमन्त्री घोडे जात्रामा सहभागी नहुने
शुक्रबार, १८ चैत २०७८, ११ : ०२
प्रधानमन्त्री शेरबहादुर देउवा घोडे जात्रामा सहभागी नहुने भएका छन् । अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य सहभागी हुन्थ्यो । तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडे जात्रामा भने सहभागी नहुने भएका हुन् ।
‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानु हुने भएकोले उहाँ सहभागी हुन सक्ने अवस्था भएन । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने ।
सैनिक मञ्ज टुँडिखेलमा सेनाले आज दिउँसो २ बजे घोडे जात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ । तर, प्रधानमन्त्री देउवा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २ः ४५ बजे अवतरण गर्ने समय तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार