शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी अधिकारीलाई चिनियाँ भिसामा प्रतिबन्ध

शुक्रबार, १८ चैत २०७८, १३ : ३६
शुक्रबार, १८ चैत २०७८

चीनले केही अमेरिकी अधिकारीमाथि भिसा (प्रवेषाज्ञा)मा प्रतिबन्ध लगाउने भएको छ । मानवअधिकार उल्लंघन गरेको आरोपमा वासिङ्टनले यसै महिना चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्धको जवाफस्वरुप चीनको यस्तो कदम आएको हो ।

‘चिनियाँ पक्षले केही अमेरिकी अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । उनीहरुले मानव अधिकारको विषयमा अफवाह फैलाएको र चीनविरुद्ध प्रतिबन्ध लगाउनुका साथै चीनको स्वार्थमा क्षति पुर्याएका छन्,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार बताए ।

अमेरिकाले मानवअधिकारको विषयलाई गलत रुपमा व्याख्या गरेको र यो चीनको आन्तरिक मामिला भएको दाबी उनले गरे । ‘अमेरिकाले बेइजिङलाई अपजसमा पार्नका लागि गरेको बयानबाजी हो यो,’ उनले भने, ‘यस किसिमको कदम अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्तको गम्भीर उल्लंघन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप