एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिए, ४ जना पक्राउ
शुक्रबार, १८ चैत २०७८, १७ : ३२
एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको दुई स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको विशेष सूचनाका आधारमा खटिएको महाशाखाको टोलीले ४ जनालाई पक्राउ गरेको एक प्रहरी अधिकारीले बताए ।
महाशाखाका ती अधिकारीका अनुसार बानेश्वरस्थित एम्बिसन र ललितपुरको बालकुमारीस्थित सीसीआरसी कलेजबाट ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो। प्रहरीले यसबारे अनुसन्धान अघि बढाइएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै