आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ ।
मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ । आजको खलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेलमा मुम्बई सहज जित निकाल्ने योजनामा छ ।
यता राजस्थान लगातार दोस्रो जितको खोजीमा छ । राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६१ रनले हराएको थियो । आज नै हुने अर्को खेलमा गुजरात टाइटान्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् । पुनेमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । गुजरातले पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सलाई हराएको थियो । यता दिल्लीले पहिलो खेलमा मुम्बईलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री
-
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
-
आगामी बजेटबारे १६ मन्त्रालयसँग अर्थको छलफल, ३ करोडभन्दा कमको योजना समावेश नगर्न अनुरोध