शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महावीर पुन लन्डनमा

शनिबार, १९ चैत २०७८, १० : ३७
शनिबार, १९ चैत २०७८

लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन बेलायत आइपुगेका छन् । शुक्रबार बिहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका पुनलाई स्वागत गर्न राष्ट्रिय आविष्कार केन्द्र युरोप संयोजक हरिकृष्ण न्यौपाने, समाजसेवी बलबहादुर राई तथा श्रीमती बर्ता राई विमानस्थल पुगेका थिए ।

अप्रिल २६ देखि युरोप भ्रमण गरी मे २५ मा फेरि बेलायत फर्किने पुनको योजना छ । जुन पहिलो साता पुन नेपाल फर्किने योजनामा छन् । युरोप भ्रमणमा क्रममा लण्डन आएका पुनले आविष्कार केन्द्रका विगत तथा वर्तमान आर्थिक-सामाजिक गतिविधि लगायतबारे नेपाली संघसंस्था र दाताहरूसमक्ष जानकारी गराउनेछन् ।  

विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरूसँग भेटघाट गर्ने र अनुसन्धान एवम् विकासमा सहयोग सम्बन्धी सहकार्य गर्नुका साथै परियोजनाका लागि कोष जुटाउने पुनको उद्देश्य छ । रोयल हलवे युनिभर्सिटी अफ लन्डन, युनिभर्सिटी सेन्ट्रल ल्यान्काष्टर, टीसाइड युनिभर्सिटी लगायत युरोपका विभिन्न विश्वविद्यालय तथा नेपाली संघसंस्थाहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको संयोजक हरिकृष्ण न्यौपानेले बताए ।

बेलायतस्थित नेपाली तथा संघसंस्थाले कुनै कार्यक्रम गर्न चाहेमा संयोजक न्यौपानेलाई सम्पर्क गर्न सकिने छ । पुनले सन् २०१२ मा सूचना तथा प्रविधि मार्फत देश विकासका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका हुन् । सोही केन्द्र मार्फत उनले विभिन्न खालका परियोजना तथा आविष्कारलाई सर्वसुलभ ढङ्गले कार्यान्वयन गर्दै आएका छन् । सन् १९८९ मा अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरेका पुनले दिगो शिक्षाको आवश्यकता महसुस गर्दै अघि बढेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप