बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

‘राजा महेन्द्र र वीरेन्द्र मेरो आवाजका फ्यान थिए’

रेडियोको नाटक सुनेर बुबाआमाले घरबाट निकाले : लक्ष्मी भुसाल
शनिबार, १९ चैत्र २०७८, १३ : ४८
शनिबार, १९ चैत्र २०७८

लक्ष्मी भुसाल रेडियो नेपालको कृषि कार्यक्रमको ‘बूढी आमै’ हुन् । रेडियोमा उनले बोल्ने थेगो ‘हरि शरणम्’ सर्वपरिचत छ । त्यसैले पनि उनलाई धेरैले नामले भन्दा पनि थेगोका कारण ‘हरि शरणम् आमा’ भनेर चिन्छन् । उनी पनि नामले भन्दा यो परिचयले बोलाउँदा खुसी हुन्छिन् । 

२०२३ सालदेखि रेडियोको कृषि कार्यक्रममा बोल्न थालेकी भुसाल कृषि सूचना केन्द्रअन्तर्गत त्यसमा जोडिएकी हुन् । कृषि सूचना केन्द्रमा अधिकृत रहेकी भूसालका आवाजको फ्यान राजा महेन्द्र र वीरेन्द्रसमेत थिए ।

५६ वर्ष भयो, उनको रेडियोको कृषि कार्यक्रम अहिले पनि निरन्तर छ । फरक यति हो, पहिले उनी कृषि सूचना केन्द्रको कर्मचारीका रूपमा बोल्थिन् । अहिले ठेक्कामा । अहिले पनि उनका बोलीमा पहिलेझैँ मिठास छन् । रेडियोमा बोल्नुको अलवा भुसाल राम्रो कलाकार पनि हुन् । उनले नाटक, फिल्म, टेलिफिल्म थुप्रै अभिनय गरेकी छन् । उद्घोषण र कलाकारितामार्फत थुप्रै पुरस्कार र सम्मान पाउन सफल उनको जीवनको अन्तिम पलसम्म यसै क्षेत्रमा क्रियाशील रहने चाहना छ । कलकार भुसालका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

सौखिन छैन
खानामा सौखिन छैन म । सिम्पल खाना दाल, भात, तरकारी रुचाउँछु । पिरो, अमिलो, साग र गुन्द्रुक पनि मनपर्छ । माछामासु केही खान्नँ । पछिल्लो समय शरीर रोगी भयो भनेर ब्वायल अन्डा खाने गरेकी छु ।

मननपर्ने खानेकुरो केही छैन । म पुरोनो मानिस भएकाले रेस्टुरेन्ट जाने बानी छैन । कहिलेकाहीँ जानै पर्‍यो भने फिङ्गर चिप्स खान्छु । पकाउन रुचि छ, प्रायः खानेकुरा पकाउन सक्छु ।

नाचेर एक्सरसाइज
बिहान ४ बजे नियमित उठ्छु । रेडियो नेपालको भजन खोल्छु र त्यो भजनमा एक घण्टा नाच्छु । त्यसपछि शारीरिक एक्सरसाइजका विभिन्न क्रियाकलाप गर्छु । अनि नियमित नित्यकर्मतिर लाग्छु ।

कुर्था सुरुवाल सजिलो
पोसाकमा पहिलेदेखि नै मनपर्ने कुर्था सुरुवाल हो । यो सजिलो पनि लाग्छ । २०२२ सालमा कुर्था सुरुवाल लगाउँदा यस्तो पहिरन लगाउनेको चरित्र नराम्रो हुन्छ भनेर केही पछि लागेका थिए । त्यो समय आफैँ कमाउनेले बाहेकले कुर्था सुरुवाल लगाउँदैन थिए ।

धोती, चोलोलगायत नेपाली पहिरन बढी प्रयोग गर्छु । लाइट, पिङ्क र सेतो कलरको पहिरन मनपर्छ । पहिरन रेडिमेडभन्दा सिलाएर लगाउँछु । ब्रान्डेड खोज्ने बानी छैन । मनपरेको किन्छु ।

पहिले पढ्थेँ
उमेरका कारणले अध्ययन समस्या छ । कहिले काही धार्मिक पुस्तक, कहिले सानातिना कथाका पुस्तक पढ्छु । पहिले ‘सेतो बाघ’ लगायतका उपन्यास पढेको थिए ।

फिल्म बढी नेपालीहरू हेर्छु । हलमा त ४ वटाभन्दा बढी फिल्म हेरेको छैन, धेरै घरमै हेर्छु । आफू फिल्म अभिनय गर्ने भएकाले पनि हेर्नुपर्छ । त्यसपछि बढी हेर्ने अङ्ग्रेजी हो । अङ्ग्रेजी फिल्मको कथा र अभिनय एकदमै राम्रो लाग्छ । चर्चा आएका र राम्रा फिल्म हेर्छु ।

घुमघाममा रुचि
घुमघाममा रुचि कसलाई पो हुँदैन र ? विदेश जान कसलाई रुचि हुँन्न र ? आफैँ विदेश घुम्न मेरो क्षमताले दिँदैन । अरूले पठाउँदैन । अफिसबाट अवसर आउँदा मलेसिया, जर्मन, स्विजरल्यान्ड, फिलिपिन्स, हङ्कङ लगायत देश पुगेँ । नेपालका अहिलेको ७७ जिल्लामा ५७, ५८ जिल्ला पुगेको छु ।

रेडियो कार्यक्रममा स्थानीय भाषा भयो भने मानिसले सजिलैसँग बुझ्छन् भनेर जिल्ला जिल्ला घुमेको थिएँ ।

अलिअलि फुर्सद
फुर्सद निकाल्ने हो भने सक्छु । फुर्सद लिएर बस्दिनँ, काम नै काम छ । रेडियो कार्यक्रम, फिल्म, टेलिफिल्म अभिनयले भ्याइनभ्याइ छ । ‘सोच’, ‘मनै त हो नि, ‘साने’, ‘भुन्टी’ लगायका सानो पर्दाका सिरियलमा अहिले व्यस्त छु । फिल्मका पनि अभिनय गरिरहेकी छु । केही सकिए, केही रोकिएका छन् ।

गुच्चा खेल्थेँ
पहिले अहिलेको जस्तो धेरैथरिका खेल थिएन । खुट्टामा गुच्चाले हिर्काउने खेल्थेँ । सानैदेखि काममा लागेको भएकाले अन्य खेल खेल्ने मौका, फुर्सद भएन । अहिले टीभीमा फुटबल, भलिबल हेर्छु, हेर्न धेरै मनपर्छ ।
 
टुकटुके बोक्छु
अहिले मसँग सामान्य नोकिया ब्रान्डको एउटा टुकटुके मोबाइल छ । फोन गर्न र उठाउन प्रयोग गर्छु । मलाई फोनमा लामो कुरा गरेको मन पर्दैन । सामाजिक सञ्जाल रुचाउँदिनँ । फेसबुक धेरै पहिले खोलेको थिए । त्यसमा अरूले नचाहिँदो पोस्ट गरेको देखेपछि बन्द गर्दिएँ ।

टीभी हेर्छु
टीभी च्यानल फेरिफेरि हेर्दिनँ । नेपाल टेलिभिजन बढी हेर्छु । सिरियल देश तथा विदेशका सामाजिक विषयका र कमेडीका हेर्छु । म आफैँ कलाकार समेत भएकाले त्यो हेर्नुपर्छ । डिस्कभरी, जोग्राफी पनि मनपर्छ । मैले टीभी हेर्न प्रायः बेलुकाको समय हो ।

आमाबुबाले सुन्ने समय एक नाटक गर्थे । त्यो नाटकमा मैले छोराछोरीको आमा भुन्टी भन्नेको चरित्र निर्वाह गरेको थिए । नाटकमा मेरा श्रीमान्ले भात पकाइन् भनेर साधे । जवाफमा मैले भनेको थिए । छोरा छोरी हेर्नु कि भात फकाउन । त्यो नाटक सुनेर बुबाआमाले रेडियो झुट बोल्दैन । यसले सुटुक्क विवाह गरिछ भनेर घरबाट निकालिदिए । त्यसपछि ५० वर्ष मेरो डेरामा बास भयो ।

नेपाली फिल्म
फिल्म बढी नेपालीहरू हेर्छु । हलमा त ४ वटाभन्दा बढी फिल्म हेरेको छैन, धेरै घरमै हेर्छु । आफू फिल्म अभिनय गर्ने भएकाले पनि हेर्नुपर्छ । त्यसपछि बढी हेर्ने अङ्ग्रेजी हो । अङ्ग्रेजी फिल्मको कथा र अभिनय एकदमै राम्रो लाग्छ । चर्चा आएका र राम्रा फिल्म हेर्छु ।

रेडियोले चिनायो
म रेडियो नेपालको कलाकार म । कृषि सूचना शाखाको कर्मचारी थिएँ । अहिले रिटायर्ड भए । मलाई सबैमाझ चिनाउने काम भने रेडियोले गर्‍यो ।

२०२३ को साउनमा एउटा साथीसँग रेडियो छिरेको थिएँ । त्यो समय साथी रेडियोभित्र गएकाले म बाहिर बसेर गीत गाउँदै थिएँ  । रेडियोका एक कर्मचारीले तिम्रो स्वर राम्रो रहेछ । जागिर खाने भनेर सोध्नुभयो । मैले हुन्छ भने । जागिरका लागि भोलिपल्ट १० बजे बोलाउनुभएको थियो । म ८ बजे नै पुगेँ ।

कृषि सूचना साखाका लागि रेडियोमा लेख्ने, बोल्ने कामका लागि छानिए । त्यो नै मेरो परिचय भयो । महिनामा १६, १७ वटासम्म कृषि कार्यक्रम चलाउँथे । कृषि कार्यक्रममा मैले बोल्ने ‘हरि शरणम्’ थगो चर्चित छ । अहिले पनि धेरैले मलाई नामले भन्दा ‘हरि शरणम् आमा’ भनेर बोलाउँछन् । रेडियो नेपालमा कृषि कार्यक्रममा बोलेको अहिले ५६ वर्ष लाग्यो । अहिले जागिर सकियो र कन्ट्याक्टमा बोल्ने गरेको छु । चिन्नेले रडियोमा बोल्न नछोड्नुस् आमा भन्छन् ।
मेरो रेडियोको स्वरको महेन्द्र र वीरेन्द्र राजा पनि फ्यान थिए । उहाँहरूलाई मेरो बोली धेरै मनपथ्र्याे । त्यसैले उहाँहरूले त्यो बूढीआमालाई अन्य भाषाको पनि कार्यक्रम गर्न लगाउनुपर्‍यो भनेर रेडियोका कर्मचारीलाई लगाउँथे । यो कुरो फोनमा मलाई पनि एकपटक वीरेन्द्र राजाले भनेका थिए । उहाँले मेरो बोली मीठो भनेर प्रसंशासमेत गर्नुभएको थियो ।


मेरो कलाकारिता
अडियो कलाकारिता २०२३ सालबाट सुरु भएको हो । धेरै वर्षसम्म त्यसरी काम गर्दा स्वर रुचाउथेँ, मानिस चिन्दैन थिए । एक निर्देशकले फिल्म खेल्ने अफर दिएका थिए मुम्बईको । म गइनँ ।

२०२८ सालतिर रेडियोमा मेरो आवाज सुन्नेले यो ८०, ९० वर्षकी बूढी हो भन्थे । मैले रेडियोमा बोलेको मेरो घरमा आउँछ भन्ने थाहा थिएन । केहीपछि रेडियोको च्यानल मिलाएर घरमा सुनाए ।

आमाबुबाले सुन्ने समय एक नाटक गर्थे । त्यो नाटकमा मैले छोराछोरीको आमा भुन्टी भन्नेको चरित्र निर्वाह गरेको थिए । नाटकमा मेरा श्रीमान्ले भात पकाइन् भनेर साधे । जवाफमा मैले भनेको थिए । छोरा छोरी हेर्नु कि भात फकाउन । त्यो नाटक सुनेर बुबाआमाले रेडियो झुट बोल्दैन । यसले सुटुक्क विवाह गरिछ भनेर घरबाट निकालिदिए । त्यसपछि ५० वर्ष मेरो डेरामा बास भयो ।

जति पनि ठाउँमा डेरा गरे बसे कुनै पनि ठाउँमा आफ्नो बारेमा सही कुरा गरिनँ । घरबाट निकालेको प्रभाव जो परेको थियो । मैले अभिनय गरेको पहिला नेवारी फिल्म ‘सिलु’ हो । ‘आमा’, ‘जोनिजेन्टल म्यान’ ‘लभ लभ लभ’ लगायत करिब तीन दर्जन बढी ठूलोपर्दाका फिल्म अभिनय गरेकी छु । रेडियो नाटक हजारौँ छन् । सिरियल करिब ५०, ६० पुगे होला । अहिले पनि ‘सोच’, ‘मनै त हो नि, ‘साने’, ‘भुन्टी’ लगायत अभिनय गरिरहेकी छु । 

विवाह गरिनँ
मैले विवाह गरेकी छैन । सानैदेखि काममा लागियो त्यसैले विवाहको फुर्सद भएन । त्यो समय प्रेम गर्ने समय थिएन, माग्न त आएका थिए, खै विवाह भएन ।

त्यो छ सपना
धेरै वर्षभयो रेडियोमा बोलेको जीवनको अन्तिम समयसम्म रेडियोमा बोल्न सकौँ । अभिनय गर्दा गर्दै जीवन सकियोस् । यही छ मेरो सपना ।

गीत सुन्छु
गीतसङ्गीत सुन्छु । पशुपति विकास कोषमा सङ्गीत कला प्रतिष्ठान भन्ने छ । त्यसको अध्यक्ष म भजनसमेत गाउँछु । सुन्नमा आह्वान, राष्ट्रिय गीत, सेन्टिमेन्टल, रोमान्टिक, लोकदोहोरी सबै प्रकारका मनपर्छ ।

जिन्दगी दुःख
जीवन एउटा सङ्घर्ष रहेछ । कहिलेकाहीँ सारै दुःख पाइदोरहेछ । मिहिनेत धेरै गर्नुपर्दाेरहेछ । मिहिनेत गर्नेलाई सफलता मिल्दो रहेछ । 


 
भूल भए
जीवनमा धेरै र ठूलाठूला भूल पनि भएका छन् । ती भूलको अहिले आएर पछुतो लागेको छ । भूलका कुरो नगरौँ अहिले । मलाई चिन्नेलाई थाहा छ त्यो । 

विवाह नगर्नु भूल भन्छन् धेरै । म भने त्यो मान्दिनँ । सेल्फ डिफेन्स बस्नु जति राम्रो अरू केही रहेनछ । आफैँ हिसाबले बाँचेको छु । सकेको सहयोग अरुलाइनी गर्छु । पैसा कमाउन सकिनँ होला, नाम भने कमाएकी छु ।

खराब बानी 
चित्त नबुझेको कुरो फ्याट बोल्छु । त्यसरी बोल्न नहुने रहेछ भनेर पछि रियलाइज गर्छु । मेरो मनमा पाप छैन । बाहिर फ्याट बोल्नु, मनमा कुरा नराख्नु कतिपयका लागि खराब गर्दाे रहेछ ।

प्रेसर र सुगर छ
करिब १०, ११ वर्षदेखि प्रेसर र सुगर रोगले सताएको छ । यी रोगका लागि नियमित औषधि खाँदैछु । त्यसबाहेक अन्य रोग केही छैन ।

मापसे कहिल्यै गरिनँ
मापसे कहिल्यै गरिनँ । मापसे मात्र होइन कोल ड्रिङ्ससमेत कहिल्यै खाँदिनँ । किनकिन यसप्रति कहिल्यै रुचि भएन ।

राशि ‘मेष’
मेरो राशि ‘मेष’ हो । ग्रहदशा हेराउने जुराउने गर्‍यो भने मन गोलमाल हुन्छ भनेर देखाउने गरेकी छैन । पत्रपत्रिकामा दिएको राशि फल कहिलेकाहीँ हेर्छु, मिल्छ । पूजापाठमा रुचि छ । मन्दिरहरू जान्छु ।

मृत्यु सत्य हो
मृत्यु सत्य हो । यो संसारमा आएपछि जाने बाटो मृत्यु नै हो । हामीले केही लान सक्दैनौँ । मृत्युपछि पनि बाँच्ने केही कर्म मबाट भयो कि भन्ने छ । त्यो मैलेभन्दा पनि श्रोता, दर्शकले मूल्याङ्क गर्ने विषय हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप