बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल बारको मतदान जारी, मतपरिणाम आउन ३ दिन लाग्ने अनुमान

शनिबार, १९ चैत २०७८, १३ : ४०
शनिबार, १९ चैत २०७८

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि सूरु भएको मतदान जारी छ ।  काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एशोसिएशनको २६ औं केन्द्रिय कार्य समिति चयनका लागि मतदान भइरहेको हो ।

बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरुसहित २५ जनाको कार्य समिति चयन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म हुनेछ । अपरान्ह ४ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिइन् । उनका अनुसार केही स्थानमा भने मतदान सकिएको छ भने धेरैजसो मतदान केन्द्रहरुमा ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरु काठमाडौंमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिव ३ दिन लाग्ने अनुमान गरिएको पनि प्रमुख निर्वाचन अधिकृत पाठकले बताइन् ।

नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ । सो समूहहरु मध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप