शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ अभियान कार्यक्रम

आइतबार, २० चैत २०७८, १२ : ०९
आइतबार, २० चैत २०७८

मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ अभियान सम्पन्न भएको छ । आइतबार मानव अधिकार तथा शान्ति समाजको आयोजनामा मुस्ताङको लोमान्थाङ्गमा हिमालय बचाऔँ : नदी जोगाऔँ भन्ने आव्हानसहित जागरण कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति कृष्ण रावल र आजीवन सदस्य मणीराज घिमिरे लगायतको सहभागिता रहेको थियो  । 

कार्यक्रममा जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना, हिमालय बचाऔँ अभियान र युद्ध निषेध : शान्ति विशेष सम्बन्धि अवधारणापत्रहरु समेत वितरण गरिएको थियो । २०७८ चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियान गोरखा, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, धादिङ र मुग्लिङमा प्रदर्शन एवं कोणसभा आयोजना गरी सम्पन्न भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप