राष्ट्र बैंकले आज ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बाँडफाँड गर्ने
सोमबार, २१ चैत २०७८, १२ : ०१
नेपाल राष्ट्र बैंकले आज सोमबार कुल ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बाँडफाँड गर्ने भएको छ । भोलि अर्थात् चैत २२ गतेदेखि जारी गरिने उक्त बिल सोमबार ३ बजे बाँडफाँड गर्ने बैंकले जनाएको हो ।
बैंकले गत चैत २ गतेदेखि २१ गतेसम्म ट्रेजरी बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको थियो ।
२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा कुल ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको बैंकले कुल बिलको अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड गरिने जनाएको छ ।
२१ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण