रमितले फिल्म ‘पृथ्वीनारायण शाह’ बनाउने

अभिनेता रमित ढुंगानाले पृथ्वीनारायण शाहको बारेमा चलचित्र बनाउने बताएका छन् । हालै रोल्पा घुम्न पुगेका रमितले ‘पृथ्वीनारायण शाह’को बिषयमा चलचित्र बनाउने आफ्नो योजना रहेको सुनाएका हुन् । उनी अहिले मुस्कान खातुनको बारेमा चलचित्र बनाउने तयारीमा छन् । त्यसपछि उनको ‘पृथ्वीनारायण शाह’ बनाउने योजना हो ।
‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाएर संसारमा चिनिएका उनी यतिबेला रोल्पामा छन् । नेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलोपटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न स्थानको अवलोकन गरेका छन् ।
केही समयअघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेको जनयुद्ध स्मृति भ्यु टावरमा उनले अवलोकन गरेका छन् । रोल्पाको समग्र भूभाग देखिने र जनयुद्धको स्मृतिमा बनेको उक्त टावर अनि रोल्पाका विभिन्न स्थानमा घुम्न पाउँदा प्रफुल्ल भएको उनी बताउँछन् ।
रोल्पा जिल्ला देशकै घुम्नुपर्ने जिल्लामध्ये एक भएको र आफू यहाँ आएर प्रत्यक्ष रुपमा रोल्पाको प्रकृतिसँग साक्षात्कार गर्न पाउँदा आनन्दको महशुस भएको उनले बताए । रमितले थुप्रै फिल्म समेत अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा