शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुनम पाण्डेले टपलेस हुने बचन दिइन्, भोटको वर्षा

सोमबार, २१ चैत २०७८, १६ : ४७
सोमबार, २१ चैत २०७८

लकअपकी सबैभन्दा चर्चित र बोल्ड कैदी पुनम पाण्डे आजकाल लाइमलाइटमा छाएकी छिन् । वास्तवमा पुनम पाण्डेले चार्जशिटमा आएपछि दर्शकलाई बचन दिएकी थिइन् कि यदि उनलाई धेरै भोट दिएर जोगाइयो भने उनी आफ्नो क्यामराको अगाडि आफ्नो टिशर्ट उतार्नेछिन् । पुनमको यो कुरा सुनेर उनका प्रशंसक मात्रै होइन, लकअपका कैदी पनि हैरान भएका थिए ।

पुनमले पाइन् सबैभन्दा बढी भोटः

रोचक कुरा यो हो कि पुनमले क्यामराको अगाडि टिसर्ट उतार्ने बचन दिएपछि उनले यस हप्ता सबैभन्दा बढी भोट पाएकी छिन् । कंगना रनौतले पुनमले सबैभन्दा बढी भोट पाएकी छिन् भनेर घोषणा गर्दा पायल रोहतगी असाध्यै चकित भएकी थिइन् ।

पायलले शोमाथि नै उठाइन् प्रश्नः

कंगना रनौतले सबै कैदीको अगाडि पायलले सबैभन्दा कम भोट पाएको बताइन् जबकी भोटिङको मामिलामा सेकेन्ड लास्ट निशा रावल रहिन् । यद्यपि, निशा रावल शोबाट बाहिरिइन् । तर पुनम पाण्डेले सबैभन्दा धेरै भोट पाएको कुरा पायलले नबुझेको बताइन् । उनले क्यामरामा हेरेर भनिन्, ‘संग्राम सिंह, म पछिल्लो एक हप्तादेखि भोटिङका लागि आग्रह गरिरहेको थिएँ, तर तिमीबाट भोटिङ भइरहेको छैन । मलाई थाहा छ, तिम्रा फलोअर्स निकै सच्चा छन् । तर पुनमले सबैभन्दा धेरै भोट कसरी पाइरहेकी छिन् । यो न्यारेटिभ चाहन्छन् यी मानिस ।’

वास्तवमा, अघिल्लो हप्ता पुनम लक अपबाट बाहिर हुनबाट बालबाल बचेकी थिइन् । त्यतिबेला उनले प्रशंसकलाई बचन दिँदै  भनेकी थिइन्, ‘हेलो, जसले सुनिरहनुभएको छ, मलाई चार्जशिटबाट जोगाउनुहोस् । म भगवानको कसम खाँदै भन्छु कि म मानिसलाई मस्त सरप्राइज दिन्छु । क्यामराको अगाडि दिनेछु र स्टाइलमा दिनेछु । तपाईंहरु मलाई भोट दिएर बचाउनुहोस् र त्यसपछि हेर्नुहोस् कि यो जेलमा के हुन्छ ।’

पुनम पाण्डेले प्रशंसकले उनलाई नोमिनेशनबाट जोगाएको खण्डमा उनले आफ्नो टिसर्ट खोल्ने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप