बुधबार, ०९ फागुन २०८०
ताजा लोकप्रिय

क्रिस्टल प्यालेससँग आर्सनल पराजित

मङ्गलबार, २२ चैत २०७८, ०७ : २०
मङ्गलबार, २२ चैत २०७८

 क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डनमा सोमबार राति भएको खेलमा आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । 

जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत  छ । उसको समान ५४ अंक रहेपनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि रहँदै चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप