माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिएकै बेला धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गरेका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् ।
उपमेयर मण्डलले माओवादीका नेताहरुले वास्ता नगरेपछि बाध्य भएर एमालेमा प्रवेश गरेको बताइन् ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादव समेत एमालेमा प्रवेश गरेका छन् । कर्ण स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम वडा नम्बरका उम्मेदवार थिए । उनी काँग्रेसका निर्वाचित वडा अध्यक्ष मिथिलेश कर्णसंग झिनो मतले पराजित भएका थिए ।
सो पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री समेत रहेका एमाले सचिव रघुवीर महासेठ, पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो, एमाले धनुषाका ईन्चार्ज रामचन्द्र मण्डल, नेतृ प्रतीक्षा तिवारी, धनुषा एमालेका अध्यक्ष राजकिशोर यादवलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी
-
प्रधानमन्त्री ओली कीर्तिपुर अस्पतालमा, कस्तो छ पौडेल र आचार्यको अवस्था ?
-
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
-
लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित