ग्रामीण उद्यम विकास आयोजनाले माग्यो ३९ नायब प्राविधिक सहायक
बुधबार, २३ चैत २०७८, ०७ : १९
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ । राजपत्र अनंकित द्वीतिय श्रेणी सरह नायव प्राविधिक सहायक (कृषि, पशुपन्छी/मत्स्य) मा ३९ जना कर्मचारीका लागि बुधबार दरखास्त आह्वान भएको छ ।
आयोजनाले नायब प्राविधिक सहायक (कृषितर्फ) २६ र पशुपन्छी/मत्स्यतर्फ १३ जना मागेको छ । १३ वैशाखसम्म नियमित र २० वैशाखसम्म दोब्बर शुल्क तिरेर दरखास्त दिन सकिनेछ । योग्यता भने लोकसेवा आयोगले सम्बन्धित पदका लागि निर्धारण गरेबमोजिम हुनेछ ।
आयोजना निर्देशकको कार्यालय हरिहरभवन वा आर्थिक करिडोर कार्यालय (पाख्रिबास, धनकुटा, बर्दिबास, बुटवल र डडेल्धुरामा दरखास्त पेश गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने