बुचामा रुसी सैनिकले ३२० जनाको गोली हानी हत्या गरेको मेयरको दाबी

युक्रेनको बुचा शहरका मेयरले रुसले आफ्नो कब्जाका बेला बुचामा लगभग ३२० जनाको गोली हानी हत्या गरेको बीबीसीलाई जानकारी दिएका छन् ।
बीबीसीको कार्यक्रम वर्ल्ड टुनाइटमा बुचाका मेयर एनाटोली फेदोरुकले उनी आफैंले रुसी सेनाले थुप्रैको हत्या गरेको आफ्नै आँखाले देखेको बताए ।
फेदोरुकले भने, ‘सर्वसाधारणको तीनवटा कार किभतर्फ जाने कोसिस गरिरहेको थियो र त्यति नै बेला उनीहरुलाई गोली हानी हत्या गरियो । तीमध्ये एउटा कारमा एक गर्भवती महिला पनि थिइन् जसका श्रीमानले ‘उनलाई गोली नहान’ भनेर चिच्याइरहेका थिए । तर उनीहरुले केही कुरै नसुनी गोली हाने ।’
फोदोरुकले रुसी सेना कब्जाका बेला स्थानीय राजनेतालाई खोजिरहेको पनि आरोप लगाएका छन् ।
रुसी विदेशमन्त्री सर्गेई लावरोफले रुसका सैनिकको तर्फबाट गरिएको युद्ध अपराधको आरोपको ख ण्डन गरे ।
फोदोरुकले लावरोफको यो बयानमा भने, ‘म चाहन्छु कि उनीहरु बुचा शहर आउन्, शव हेरुन्, उनका परिवार, आमा, श्रीमतीको आँखामा हेरुन्, ती बच्चाको आँखामा हेरुन् जो अनाथ भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
-
१७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गर्दा हिरासतमा पुगे आईटीका विद्यार्थी
-
‘ग्लोबल साउथ’ बिच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
-
तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला