बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंको विद्यालयमा छात्रवृत्ति दिन आर्थिक सहयोग

बुधबार, २३ चैत २०७८, ११ : १७
बुधबार, २३ चैत २०७८

काठमाडौंको तारकेश्वर नगरपालिका वडा न ९ का अध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् । उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि अध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन् । 

अध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षय कोषको स्थापना गर्न पाउदा खुशी लागेको बताए । उक्त अक्षय कोषको नाम ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ राखिएको छ । 

मनमैजु माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी उक्त कोषको स्थापना भएको हो । मिहिनेती विद्यार्थीहरुलाई उक्त कोषबाट छात्रवृत्ति प्रदान गरिने छ । वडाध्यक्ष सिटौला उक्त विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका छन् । वडाध्यक्ष सिटौलाले दुई लाख रुपैयाँ नगद विद्यालयकी प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप